Logo

Breaking News 1

भोलि राष्ट्रिय शोक घोषणा, इजरायलमा ज्यान गुमाउनेका परिवारलाई १० लाख राहत



काठमाडौं । इजरायलमा भएको आक्रमणमा १० जना नेपालीले ज्यान गुमाएको शोकमा सरकारले भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि राष्ट्रिय शोकको घोषणा गरेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले मृतकका परिवारलाई जनही १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका तथा स्वदेश आउन चाहने सबै नेपालीलाई ल्याउने निर्णय पनि गरेको उनको भनाइ छ ।

इजरायलमा गत शनिबार बिहान प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा परी १० जना विद्यार्थीको ज्यान गएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ६ : ०५ बजे