Logo

Breaking News 1

इजरायलमा १० नेपालीको मृत्युमा मंगलबार राष्ट्रिय शोकको घोषणा



काठमाडौं। इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएको शोकमा सरकारले मंगलबार शोकको घोषणा गरेकाे छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वदेश आउन चाहने सबै नेपालीलाई उद्धार गर्ने निर्णय भएको जानकारी दिए।

उनकाअनुसार मृतकका परिवारलाई १० लाख रूपैयाँका दरले राहत दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ५ : ०४ बजे