Logo

Breaking News 1

इजरायलबाट नेपालीलाई उद्धार गर्न राप्रपाको माग 



काठमाडौं। हमासको आक्रमणमा परेको इजरायलबाट नेपालीलाई उद्धार गर्न राप्रपाले माग गरेको छ । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले इजरायलमा रहेका रहेका नेपालीहरुको विवरण संकलन गर्न, उनीहरुको अवस्थाबारे सत्यतथ्य जानकारी दिन, घाइतेको उपचार गर्न, बेपत्ता रहेकाको अवस्था पत्ता लगाउन कुटनैतिक पहल गर्न, जोखिमपूर्ण क्षेत्रमा रहेका नेपालीको उद्धार गर्न एवं स्वदेश फर्कन चाहनेहरुलाई आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकार र नेपाली दूतावास इजरायलको ध्यानाकर्षण गराएका हुन् । 

साथै हमासको आक्रमणमा परेर ज्यान गुमाएका १० नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गर्दै उनले आक्रमणको निन्दा गरेका छन् । 

प्रेस विज्ञप्ति
सिक्दै कमाउँदै कार्यक्रम  (Learn & Earn)अन्तर्गत इजरायलमा रहेका १० जना नेपालीले हमासको आक्रमणमा परेर अनाहकमा ज्यान गुमाउनु परेको घटनाबाट अत्यन्तै दुःखी र मर्माहत भएको छु । 

राष्ट्रिय प्रजातन्त्र पार्टी निहत्था र निर्दोषहरुमाथिको हमलाको निन्दा गर्दछ । हमास आक्रमणका कारण निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

निधन भएकाहरुको शव यथासक्य चाँडो नेपाल ल्याउन आवश्यक प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउँदछु । साथै, इजरायलमा रहेका नेपालीहरुको विवरण संकलन गर्न, उनीहरुको अवस्थाबारे सत्यतथ्य जानकारी दिन, घाइतेको उपचार गर्न, बेपत्ता रहेकाको अवस्था पत्ता लगाउन कुटनैतिक पहल गर्न, जोखिमपूर्ण क्षेत्रमा रहेका नेपालीको उद्धार गर्न एवं स्वदेश फर्कन चाहनेहरुलाई आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकार र नेपाली राजदुतावास इजरायलको ध्यानाकर्षण गराउँदछु।

राजेन्द्र लिङदेन
अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी

 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  १ : ५७ बजे