Logo

Breaking News 1

इजरायल–हमास द्वन्द्वमा नेपाली नागरिकबारे निर्णय लिन मन्त्रालयमा बैठक जारी



काठमाडौं । इजरायलमा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपालीहरुबारे निर्णय लिन परराष्ट्र मन्त्री एनपी साउद नेतृत्वको समन्वय संयन्त्रको बैठक बसिरहेको छ । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक मन्त्रालयमा बसिरहेको हो ।

आइतबार सरकारले मन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो । संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको मूल्यांकन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्नेछ ।

उद्धार गर्नुपर्ने अवस्थामा आवश्यक निर्णय लिने, समन्वय र सहयोग गर्नेलगायत काम गर्ने संयन्त्रलाई कार्यादेश छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ११ : ०२ बजे