Logo

अर्थ

आजकाे विदेशी मुद्राको विनिमयदर, क्यानेडियन डलर ९६ रूपैयाँ बढी



काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.९० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.५० रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४०.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.३४ रुपैयाँमा खरिदबिक्री हुनेछ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६२.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १६३.४० रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिद दर ८४.८४ रुपैयाँ र बिक्री दर ८५.२३ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ २७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७१ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९० पैसा र बिक्रीदर ८ रुपैयाँ ९४ पैसामा कारोबार हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८८ पैसा र बिक्री दर ९ रूपैयाँ ९३ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४४ रुपैयाँ र बिक्री दर ३५.६१ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८।२० रुपैयाँ रहेको छ भने बिक्री दर २८.३२ रुपैयाँमा कारोबार गरिनेछ । साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२९.६८ पैसा र विक्रीदर ४३१.६२ पैसामा कारोबार हुनेछ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ९ : २९ बजे