Logo

मुख्य समाचार

आजदेखी काठमाडौंमा ‘पिएचडी फेस्टिबल’ हुँदै



काठमाडौं । आजदेखि काठमाडौंमा पिएचडी (विद्यावारिधी) फेस्टिबल सुरु हुने भएको छ । आज असोज २२ देखि २३ गतेसम्म हुने पिएचडी फेस्टिबलको आयोजना त्रिभुवन विश्वविद्यालयले गरेको हो । 

त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आयोजना गरेको सो फेस्टिबलमा सयौं विद्यावारिधी उपाधी प्राप्त डाक्टरहरुको उपस्थिति रहने जनाइएको छ ।

पहिलो पटक केन्द्रीय विभाग कीर्तिपुरमा हुने दुई दिन फेस्टिभलमा पीएचडी अध्ययनरत शोधकर्ताले प्रस्तुति दिनेछन । सो अवसरमा विषय विज्ञहरुले आ-आफनो कार्यपत्र प्रस्तुत गर्ने तथा एक अर्कालाइ अनुभव सुनाउने छन् । 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ६ : ४२ बजे