Logo

Breaking News 1

प्रतिनिधिसभाकाे बैठक बस्दै, विद्युत विधेयकमाथि छलफल हुने



काठमाडाैं । प्रतिनिधिसभाकाे बैठक बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ, बैठक दिउँसाे ३ः३० बजे बाेलाइएकाे छ । 

संङघीय संसद सचिवालयले सार्बजनिक गरेकाे सम्भावित कार्यसुची अनुसार उर्जा, जलस्राेत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० माथि विचार गरियाेस भन्ने प्रस्ताव माथीकाे छलफलमा उठेका प्रश्नहरूकाे जवाफ दिनेछन् । 

साथै, सभामुख देवराज घिमिरेले विद्युत विधेयक २०८० माथी बिचार गरियाेस भन्ने प्रस्तावलाइ निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । 

सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार सबन्धी पत्रकाे ब्याेहाेरा पढेर सुनाउने संसद सचिवालयले जनाएकाे छ । 
 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ६ : ३६ बजे