Logo

समाचार

नयाँ नोट असोज २९ देखि साट्न पाइने



काठमाडौं। यो वर्षको दसैँका लागि सर्वसाधारणले नयाँ नोट यही असोज २९ गतेदेखि साट्न पाउने भएका छन् । अहिले वाणिज्य बैंकहरूलाई नयाँ नोट दिनका लागि पत्र काट्ने काम भइरहेको नेपाल राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख नरेश शाक्यले बताए ।

पहिलो चरणमा वाणिज्य बैंकहरूलाई मागानुसार राष्ट्र बैैंकले नयाँ नोट दिने गरेको छ । ती बैंकहरूले असोज २४ गतेपछि राष्ट्र बैंकबाट आफ्नो अनुकूलमा नयाँ नोट साट्न पाउनेछन् । तर, सर्वसाधारणलाई असोज २९ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १ : २१ बजे