Logo

Breaking News 1

सिन्धुपाल्चोकमा झाडावान्ताबाट बालकको मृत्यु



काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा झाडावान्ताबाट एक बालकको ज्यान गएको छ । गत असोज १६ गते साँझपख एकैपटक १९ जनालाई वान्ता हुने‚ ज्वरो आउने र पखाला लाग्नेजस्ता लक्षण देखिएकोमा पाँच वर्षीय एक बालकको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उपचारका लागि काठमाडौं ल्याइएका १४ जनामध्ये २ जनाको आइसियुमा उपचार भइरहेको  जनाएको छ । बाँकी ८ जनाको हाइकेयरमा उपचार भइरहेको छ भने ३ जनालाई डिस्चार्ज गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

किन एकै गाउँका धेरैमा यस्तो खालको समस्या देखियो भनेर बिरामीहरूको रगत र पिसाबको नमुना परीक्षण गरिएको समेत मन्त्रालयले जनाएको छ । 

चावहिलस्थित एक निजी अस्पतालमा उपचाररत बिरामीहरूलाई स्वास्थ्य मन्त्री मोहन बस्नेतले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ६ : ४९ बजे