Logo

मुख्य समाचार

सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु



दाङ । सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका-३ मुलपानी नजिकै दुर्घटनामा परेको हो। दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएका छन्। बसमा करिब १६ यात्रु सवार थिए ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ६ : २८ बजे