Logo

Breaking News 1

बझाङमा पुनः परकम्प



काठमाडौं । बझाङमा पुनः परकम्प गएको छ । आज बिहान ११ः४५ बजे बझाङलाई केन्द्र बिन्दु बनाएर ५.३ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बझाङमा यही असोज १६ गते ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता बझाङमा निरन्तर परकम्प गइरहेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  १२ : ५० बजे