काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेमध्येका एक सयुज श्रेष्ठलाई मुद्दाको टुंगो नलागुञ्जेल थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले श्रेष्ठको धरौटी अस्वीकार गरी उनलाई थुनामै पठाउन आदेश दिएको हो । श्रेष्ठ यसअघि नै साधारण तारेखमा छुटेका थिए । उच्च अदालतले उनलाई ५ लाख धरौटी बुझाउन र अन्तरिम क्षतिपूर्ति दिन आदेश दिएको थियो ।
धरौटी नबुझाई फरार रहेका उनलाई अदालतले थुनामा पठाउन आदेश दिएको हो । थुनामा जानुपर्ने भएपछि उनी धरौटी बुझाउन तयार भएका थिए, तर अदालतले अस्वीकार गरेको हो ।
प्रतिक्रिया