Logo

Breaking News 1

नेपाल र रोमानीयाबीचको कूटनीतिक सम्बन्ध भएको ५५ वर्षपछि श्रम समझदारी


१९ आश्विन २०८०, शुक्रबार  

46
Shares

काठमाडौं । नेपाल र रोमानिया सरकारबीच श्रम समझदारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र रोमानियाका लागि श्रम मन्त्री सिमोना बुकुरा अप्रेस्कुबीच द्विपक्षीय श्रम सम्झादारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

श्रम बजारको फराकिलो सम्भावना रहेकोले नेपाल र रोमानीयाबीचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि श्रम समझदारी भएको हो ।

त्यसका लागि मन्त्री भण्डारीको नेतृत्वको टोली रोमानिया पुगेको थियो । नेपालका तर्फबाट श्रम सचिव केवल प्रसाद भण्डारी, जमर्नीका राजदूत रामकाजी खड्का, रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको उपस्थिति रहेको थियो । रोमानियको पक्षबाट श्रमसँग सम्बन्धित विभिन्न निकायका उच्च तहका अधिकारीहरू सहभागी रहेको श्रम मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ५ : १० बजे