Logo

Breaking News 1

६० किलो सुन प्रकरण : प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस पूरा


१९ आश्विन २०८०, शुक्रबार  

69
Shares

काठमाडौँ। हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणमा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस पूरा भएको छ । प्रतिवादीका कानुन व्यवसायीको बहस सकिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले रातोपाटीलाई बताए ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा अब सरकारी वकिलहरूले जवाफ दिँदैछन् । जिल्ला न्यायाधीवक्ता जनकप्रसाद घिमिरेसहित ३ जना सरकारी वकिलले जवाफी बहस गर्ने भएका छन् ।

सुन प्रकरणमा अहिले २६ जना थुनामा छन् । जवाफी बहस सकिएपछि प्रतिवादीलाई धरौटीमा छाड्ने वा पुर्पक्षका लागी थुनामा पठाउने भन्नेबारे आदेश आउँछ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  २ : ३० बजे