Logo

Breaking News 1

लिङ्देनको प्रश्न- पूर्वराजाका कुन गतिविधिले सामाजिक सद्भाव बिथोलियाे ?


१९ आश्विन २०८०, शुक्रबार  

69
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादी र पूर्वराजाकाबारेमा भएकाे टिप्पणीप्रति आपत्ति जनाएका छन्। राजावादी र पूर्वराजाका गतिविधिले सामाजिक सद्भाव बिथोलिएको भन्ने नेताहरुको अभिव्यक्तिप्रति उनले आपत्ति जनाएका हुन् ।

शुक्रवार प्रतिनिधिसभाको बैठकमा बोल्दै राजावादी र पूर्वराजाका कुन गतिविधिले लोकतन्त्र अवरुद्ध र सामाजिक सद्भाव बिथोलियो ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘केही साथीहरूले राजावादीहरू धार्मिक सद्भाव बिथोल्न लागेका छन् । त्यसलाई निगरानी गर्नुपर्‍यो । राजा ज्ञानेन्द्र पनि लोकतन्त्र गतिविधिमा ध्यान दिनुपर्‍यो आग्रह गरे । कुन त्यस्तो गतिविधि रहेछ राजावादीहरूको त्यस्तो जसले धार्मिक सद्भाव बिथोल्न लागेको छ । पूर्वराजा ज्ञानेन्द्रको कुन त्यस्तो गतिविधि रहेछ जसले लोकतन्त्रलाई अवरुद्ध गरिरहेको छ । त्यसको त्यसको जानकारी लिन चाहन्छु ।’

उनले अपराधीहरूलाई जेलबाट छोड्ने, बालुवाटारका सरकारी जग्गा व्यक्तिको नाममा बनाउने, नेपालीहरूलाई भुटानी शरणार्थी बनाउने, सुन तस्करी गर्ने काम लोकतान्त्रिक हो ? भन्दै प्रश्न समेत गरे ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  १२ : ३४ बजे