Logo

समाचार

श्रीमानले चलाएकाे ट्रयाक्टर दुर्घटना हुदा श्रीमतीकाे मृत्यु


१९ आश्विन २०८०, शुक्रबार  

69
Shares

सुनसरी। सुनसरीको गढि गाँउपालिका-५ थलाहा स्थित औराबनिमा ट्रयाक्टर दुर्घटना हुदा ट्रयाक्टरमा सवार महिलाको मृत्यु भएको छ ।

बिहिबार दिउसाे ४ बजे को १ त ४८३५ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुदा सो ट्याक्टरमा सवार ४० वर्षिय चालकको श्रीमती प्रमिला देवि मंडलको उपचारको क्रममा बिराट टिचिङ अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

चालक सुनसरी गाउपालिका-६ बस्ने ५० वर्षिय ब्रह्रम देब मण्डल र १८ वर्षिय मण्डलको छोरा शिव कुमार मंडलको अवस्था सामान्य रहेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ९ : ५० बजे