काठमाडौं । उत्तेजना फैलाउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका आचार्य श्रीनिवास ५ सय जरिवाना तिरेर रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषाले आचार्यलाई बिहीबार सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएको थियो । त्यसको केही घण्टापछि आचार्य पाँच सय रुपैयाँ जरिवाना तिरेर रिहा भएका हुन् ।
असोज १२ गते श्रीनिवासले जनकपुरधाममा भएको एक कार्यक्रममा उत्तेजक अभिव्यक्ति दिएका थिए । उनले सार्वजनिक कार्यक्रमबाटै गाई काट्नेलाई समेत काट्न आग्रह गरेका थिए ।
प्रतिक्रिया