Logo

Breaking News 1

कुनै पनि पुस्तालाई देशको झण्डा बोकाउन सिकाएनौँ : मनिष झा


१८ आश्विन २०८०, बिहिबार  

69
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राजनीतिक दल तथा अन्य समूहले कुनै पनि पुस्तालाई देशको झण्डा बोकाउन नसकिएको भन्दै कटाक्ष गरेका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले पहिले दलको झण्डा र त्यसपछि सम्प्रदाय र अहिले जात र धर्मको झण्डा बोक्न सकिएको भन्दै कटाक्षस गर्दै देशको झण्डा बोक्न नसकिएको बताए । 

‘केही वर्ष यो देशमा हामीले दलको झण्डा बोक्यौँ, त्यसपछि हामीलाई सम्प्रदायको झण्डा बोक्न सकियो, र अहिले धर्मको झण्डा बोक्न सिकाउँदै छ,’ उनले भने, ‘तर, कुनै पनि पुस्तालाई हामीले देशको झण्डा बोक्न सिकाएनौँ । यो देशको झण्डा बोक है, जुन धर्म र सम्प्रदायभन्दा महत्वपूर्ण हुन्छ भनेर । 
 

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ३ : ५८ बजे