काठमाडौं । एसियन गेम्समा सहभागी हुन चीन गएको नेपाली क्रिकेट टीम स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । टोलीलाई स्वागत गर्न नेपाल प्रहरीले बाजागाजा समेत व्यवस्था गरेको थियो ।
नेपाल फर्किएपछि कप्तान रोहित पौडेलले सोचेजस्तो नतिजा ल्याउन नसके पनि समग्रमा प्रतियोगिता राम्रो भएको बताएका छन् । त्यस्तै विश्वकिर्तिमान बनाउन सफल रहेका क्रिकेटर दिपेन्द्रसिंह ऐरीले छक्का प्रहार गर्दा विश्वकिर्तिमान बन्ने सोंच खेलका क्रममा आएको बताए ।
एसियाडमा नेपालले मंगोलिया र माल्दिभ्सलाई सहज रूपमा हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो । क्वाटरफाइनलमा समेत भारतसँग भएको खेलमा उत्कृष्ट प्रदर्शन गरेबाबजुत पराजित भएको हो ।
प्रतिक्रिया