Logo

Breaking News 1

नेपालगन्जमा निषेधाज्ञा खुकुलो


१८ आश्विन २०८०, बिहिबार  

46
Shares

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा खुकुलो बनाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम आज बिहान ८ बजेदेखि राति ८ बजेसम्मका लागि निषेधाज्ञा हटाइएको जानकारी दिए ।

उपमहानगर क्षेत्रभित्र मंगलबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको थियो । राति ८ पछि शुक्रबार बिहान ६ बजेसम्म पूर्ववत् रूपमा उपमहानगर क्षेत्रभित्र पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाकाका चार किल्लामा निषेधाज्ञा जारी रहने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

स्थानीय प्रशासन ऐनको दफा ३ ९क० बमोजिम चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन, प्रचारप्रसार सामग्री टाँस्न वा लेख्न नपाइने र हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकैठाउँमा पाँचजनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।

सबै क्षेत्रको उल्लेख्य सहभागिता हुने गरी सद्भाव र्‍याली आयोजना गर्ने निर्णय समेत गरिएको थियो । सामाजिक सञ्जालमा आएको विषयलाई लिएर दुई समुदायबीचको सद्भाव भड्कँदा नेपालगन्ज तनावग्रस्त बनेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ११ : १६ बजे