Logo

Breaking News 1

दमामका लागि उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै फर्कियाे


१८ आश्विन २०८०, बिहिबार  

46
Shares

काठमाडौं । काठमाडौंबाट दमामका लागि उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै फर्किएको छ । पाकिस्तानको कराँची पुगेको विमान फर्किएर बुधबार राति सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । टिकासमा खराबी भएपछि विमान फर्किएको जनाइएकाे छ ।

टिकास भनेको जहाज आसपास केही खतरा भए त्यसको संकेत दिने प्रविधि हो । टिकासले काम नगरेपछि लामो दूरीमा जहाज उडाउँदा दुर्घटनाको उच्च जोखिम हुने भएकाले विमान फर्किएको हाे ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ८ : १६ बजे