Logo

Breaking News 1

प्रतिनिधिसभा बैठक बस्दै, विद्युत विधेयक पेस गरिने


१८ आश्विन २०८०, बिहिबार  

115
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० पेश गर्ने छन् ।

सो अघि सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताब माथी प्रेम सुवालबाट प्राप्त बिरोधको सुचनालाइ निर्णयार्थ प्रस्तुत गरिनेछ । साथै, पूर्व जनप्रतिनिधि सदस्य खेमराज भट्ट मायालुको निधन भएकोमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ६ : ३३ बजे