Logo

मुख्य समाचार

बझाङ भूकम्पबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक



काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् बैठक बोलाएका छन् ।

बिहीबार बिहानका लागि बोलाएको बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनःस्थापना लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

बैठकले भूकम्पबाट प्रभावित परिवारका विषयमा विशेष सम्बोधन हुने अपेक्षा गरिएको छ । बैठक बस्नुपूर्व प्रधानमन्त्री दाहालले बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुसँग भूकम्पपछिको क्षतिबारे जानकारी लिएका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  १० : ४६ बजे