Logo

लुम्बिनी प्रदेश

नेपालगञ्जको कर्फ्यू खुकुलो बनाउने सर्वपक्षीय निर्णय



काठमाडौं । नेपालगन्जमा जारी कर्फ्यू खुकुलो बनाउने निर्णय भएको छ ।

आज बसेको सर्वपक्षीय बैठकले कर्फ्यू क्रमशः खुकुलो बनाउँदै पूर्ण रूपमा हटाउन प्रयत्न गर्ने निर्णय गरेको हो । सर्वपक्षीय बैठकले सामाजिक सञ्जालबाट सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने क्रियाकलाप गर्ने कुनै पनि व्यक्तिलाई तत्काल कानुनबमोजिम कडा कारबाही गर्ने निर्णयमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा सांसद धवलशमसेर राणा, प्रदेश सांसद नमुना केसी, नेपालगञ्ज नगरपालिकाका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुदिन रायसहित सुरक्षा निकायका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको भएपनि सुरक्षा समितिले भने कुनै निर्णय गरेको छैन ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ९ : ५२ बजे