Logo

Breaking News 1

कांग्रेसबिनाको सरकार कल्पना गर्न सकिँदैन : अध्यक्ष नेपाल



जनकपुरधाम। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसबिनाको सरकार कल्पना गर्न नसकिने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले वर्तमान गठबन्धनले सहमतिका आधारमा आफ्नो कार्यभार पूरा गर्ने स्पष्ट पारे ।

अध्यक्ष नेपालले ‘रोजगारी, समृद्धि र सुशासन’को नाराका साथ सुरु भएको पार्टी जागरण अभियानका क्रममा पूर्वमेचीबाट पश्चिम महाकालीसम्म पुगेर समृद्धि र समाजवादका बारेमा जागरण ल्याउने पनि बताए ।

एकीकृत समाजवादीले यही असोज १४ गतेदेखि झापाको मेचीनगरबाट ‘समाजवादी जागरण अभियान–२०८०’ सुरु गरेको छ । यो अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुनेछ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ११ : २७ बजे