Logo

Breaking News 1

सुदुरपश्चिममा गएको भुकम्प प्रति पुर्वराजाद्धारा चिन्ता ब्यक्त



काठमाडौ‌।  पुर्ब राजा ज्ञानेन्द्र शाहले सुदुरपश्चिम प्रदेशमा हिजो गएको भुकम्प प्रति चिन्ता ब्यक्त गरेका छन् ।

बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर आएको शक्तिशाली भुकम्पका कारण सुदुरपश्चिम क्षेत्रका बिभिन्न जिल्लामा ठुलो क्षती पुगेको र जनसाधारण त्रासदीमा परेको खबर सुन्दा गहिरो दुःख लागेका पुर्व राजा शाहले जनाएका छन् ।

‘ठुलो भुकम्प पछि उत्पन्न पराकम्पको क्रम चलिरहेको यो अवस्थामा त्यहाँ पुर्ण सर्तकता आवाश्यक रहेको हाम्रो धारणा छ,’ पुर्व राजाको सम्बाद सचिावलयले भनेको छ । सचिवालयका अनुसार भुकम्पवाट घाइतेहरुको शिघ्र उपचार तथा क्षतिवाट प्रभाबित घर परिवारको राहात निमार्णतर्फ तत्काल सबन्धित सबैको ध्यान पुगोस भन्ने पुर्व राजाले आग्रह गरेका छन्  ।   

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ११ : १६ बजे