काठमाडौं । इन्द्रजात्राका क्रममा न्यूरोड क्षेत्रमा युवकको हत्या गरेको अभियोगमा चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा काठमाडौं–१९ घर भइ हाल ललितपुरको लुकुसी बस्दै आएकी २० वर्षीय सोनिया श्रेष्ठ खड्की, ललितपुरकै एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्की, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ की २४ वर्षीया भूमि मल्ल र ललितपुरकै गोदावरी–५ का १९ वर्षीय अरबिन ठकुरी रहेका छन्।
उनीहरुले सोमबार राति सवा १० बजेतिर हनुमानढोका परिसर अगाडि ओखलढुंगाको लिखु गाउँपालिका–४ घर भइ अहिले काठमाडौंकै क्षेत्रपाटी बस्दै आएका १७ वर्षीय सनी कार्कीलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
कार्कीको उपचारको क्रममा मनोमहन कार्डियो अस्पताल, महाराजगजमा मृत्यू भएको थियो । घटनाको अनुसन्धानको क्रममा घटनास्थलबाट भाग्न लागेको अवस्थामा सन्देश खड्गी र सोनिया श्रेष्ठ खड्गीलाई सोमबार नै मखनबाट, मल्ललाई क्षेत्रपाटी र ठकुरीलाई ललितपुर–१६ बाट पक्राउ गरिएको थियो।
प्रतिक्रिया