Logo

Breaking News 1

एसियाली खेलकुद : भारतसँग नेपाल पराजित


१६ आश्विन २०८०, मंगलबार  

46
Shares

काठमाडौं । १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । २ सय ३ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रन जोड्यो ।

भारतले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७९ रन बनायो नेपालका कुशल मल्लले २९ तथा कुशल भुर्तेलले २८ रन बनाए । यस्तै दीपेन्द्र सिंह ऐरी ३२ रन बनाएर आउट भए । सन्दीप जोराले २९ रन बनाए ।

सोमपाल कामीले ७ रन बनाएर आउट भए । भारतका रवि विश्नोई र आभेस खानले ३(३ विकेट लिए । अर्शदीप दुई विकेट लिए । जिझाङ युनिर्भसिटि क्रिकेट मैदानमा भएको पहिलो क्वाटरफाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २०२ रन बनाएको थियो ।

भारतका लागि यजश्वी जैशवालले सतक बनाउँदै आउट भएका हुन् । उनले ४९ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै सतक बनाएका हुन् । त्यस्तै रिंकु सिंह ३७ र शिभम दुवे २५ रनमा अविजित रहे । भारतका कप्तान ऋतुराज गैकवाडले २५ रनको योगदान गर्दा तिलक वर्मा दुई र जितेश शर्मा ५ रनमा पेभिलियन फर्किए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिँदा सोमपाल कामी र सन्दिप लामिछानेले एक एक विकेट लिए ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १० : २० बजे