Logo

अर्थ

एभरेष्ट र एनआईसी एसिया बैंकको बोनसमा मूल्य समायोजन


१६ आश्विन २०८०, मंगलबार  

69
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा एभरेष्ट र एनआईसी एसिया बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । एभरेष्ट बैंकको १०५ बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

सोमबारको अन्तिम कारोबार मूल्य ५६६ रुपैयाँलाई आधार मानेर भाउँ समायोजन गरिएको नेप्सेले जनाएको छ । समायोजन पश्चात यसको मूल्य ५१४ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

एभरेष्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न असोज ३० गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले १०५ बोनस सेयर र १०।५३५ नगद गरी कुल २०।५३५ लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्दैछ । साधारण सभा, लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ९ : ३० बजे