Logo

अर्थ

आजको विदेशी मुद्राको विनिमयदर, अमेरिकन डलर १३२ रूपैयाँ बढी


१६ आश्विन २०८०, मंगलबार  

46
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा रहेको बेला युरोपियन युरो एकको खरिद दर १३९ रुपैयाँ ६६ पैसा र बिक्री दर १४० रुपैयाँ २९ पैसामा कारोबार गर्न पाइने भएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १२ पैसा र बिक्री दर १६१ रुपैयाँ ८५ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४।८४ रुपैयाँ र बिक्री दर ८५।२२ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८७ पैसामा खरिदबिक्री गरिनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८ रुपैयाँ ८९ पैसा कायम हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ७८ पैसा र बिक्री दर ९ रूपैयाँ ८२ पैसामा कारोबार हुनेछ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसामा खरिदबिक्री गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ र बिक्री दर ३५।५१ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८।१ रुपैयाँ र बिक्री दर २८.२३ रुपैयाँ कायम गरिएको छ । कुवेती दिनार १ को खरिद मूल्य ४२८।८३ पैसा र विक्रीदर ४३०।७८ पैसा कायम गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ९ : १५ बजे