Logo

खेलकुद

एसियाड क्रिकेट : नेपाल र भारत बीचमा प्रतिस्पर्धा हुँदै


१६ आश्विन २०८०, मंगलबार  

46
Shares

काठमाडौं । आज नेपाल र भारतबीच क्रिकेट प्रतिस्पर्धा हुँदै छ । चीनमा जारी १९ औं एसियाली खेलकुदमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

सो खेल  झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा हुनेछ । नेपाली समय अनुसार बिहान ६ः४५ बजेवाट सो खेल सुरु हुनेछ ।

एसियाडको जारी खेलको लक्की ड्र मार्फत क्वाटरफाइलमा नेपालको खेल भारतसँग परेको थियो । कप्तान रोहित पौडेलले प्रतिस्पर्धी टिम रोजाइको ‘लक्की ड्र’ निकाल्दा भारतको चिट निकालेका थिए । जसअनुसार आज नेपाल भारत बिच प्रतिस्पर्धा हुन लागेको हो ।

नेपालले समूह चरणका यसअघि भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियासँग भएको खेलमा नेपालले झन्डै दर्जन जति बिश्व किर्तिमान र राष्ट्रिय किर्तिमान कायम गरेको थियो, जसले क्रिकेटको संसारमा नेपाल एक जबर्जस्त उदयीमान टिमको रूपमा देखा परेको छ । 
 

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ६ : ५३ बजे