Logo

Breaking News 1

अख्तियारद्वारा गत आर्थिक वर्षमा १ अर्ब ७७ करोड विगो माग गर्दै १६२ भ्रष्टाचार मुद्दा दर्ता



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा १ अर्ब ७७ करोड ५८ लाख ४६ हजार ४३७ रुपैयाँ बिगो दाबी गर्दै १६२ भ्रष्टारचार मुद्दा दायर गरेको छ ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई वार्षिक प्रतिवेदन बुझाएको अख्तियारले गत आर्थिक वर्षमा परेका कुल २८ हजार ६७ उजुरीमध्ये १६२ वटामा छानबिन सकेर आरोप पत्र दर्ता गरेको हो ।

अख्तियारले दायर गरेको मुद्दाका प्रतिवादीमध्ये १ सचिव, १० जना सहसचिव, ५८ जना उपसचिव, १४६ जना शाखा अधिकृत, ११० जना नायब सुब्बा, ३० जना खरिदार र ४ जना सहायक स्तरका गरी १४४ जना कर्मचारी छन् ।

त्यस्तै २०९ जना जनप्रतिनिधि, १९८ जना मतियार तथा बिचौलियाविरुद्ध पनि मुद्दा दायर भएको छ । स्थानीय तहका ६६ वटा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका १६ वटा, स्थानीय तहअन्तर्गत शिक्षाको ११ वटा प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका ७ थान मुद्दा दर्ता भएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ११ : ०७ बजे