Logo

धर्म / संस्कृति

इन्द्रजात्राको अन्तिम दिन महिलाहरुले ताने रथ



काठमाडौं । काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा समापन हुँदैछ । गणेश, भैरव र कुमारीको रथयात्रा सोमबार रातिदेखि विधिवत् समापन हुन लागेको हो ।

जात्राको अन्तिम दिन सोमबार कुमारी, गणेश र भैरवको रथ कुमारी घरबाट महिलाहरुले तानेर प्याफल, यट्खा, नरदेवी, किलागल, इन्द्रचोक, मख्खन, हनुमानढोका हुँदै पुनः कुमारी घरमा पुर्‍याएका छन् ।

आजको दिनलाई नानीचाया भनिन्छ । विगत ८ वर्षदेखि महिलाहरुले पनि नानीचायाको दिन रथ तान्दै आएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ८ : २९ बजे