Logo

मनोरञ्जन

फिल्म ‘दिमाग खराब’ को नयाँ गीत सार्वजनिक



काठमाडौँ। आगामी कात्तिक २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘दिमाग खराब’ । फिल्मको ‘झम्के झम झम’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

सोमबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गीतमा निश्चल बस्नेत, स्वस्तिमा खड्का र सुपुष्पा भट्टको नृत्य देख्न सकिन्छ । डान्सिङ शैलीमा तयार गीतमा कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल लगायत पनि देखिएका छन् ।

बाबुल गिरीको शब्द, संगीत तथा एरेन्ज रहेको गीतमा सुमित खड्का र नम्रता काफ्लेको स्वर छ । गीतको कोरियोग्राफी भने शेखर घर्तीमगरले गरेका हुन् । निश्चल बस्नेतको निर्देशन रहेको फिल्म सिनेमा आर्टस् र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त ब्यानरमा निर्माण भएको हो ।

भिडियाे:-

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ५ : १३ बजे