काठमाडौं । अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई गत शुक्रबार पक्राउ गरेको थियो । पक्राउ गरेको दिनबाट आइतबार सम्म मात्र थुनामा राख्न अदालतले अनुमति दिएको हो ।
अनमोललाई पुनः सोमबार अदालतमा उपस्थित गराउनुपर्ने भएको हो ।
प्रतिक्रिया