Logo

मुख्य समाचार

जापान पठाइदिन्छु भन्दै ठगी गर्ने मेनपावर सञ्चालक पक्राउ


१४ आश्विन २०८०, आइतबार  

6.3k
Shares

काठमाडौं । जापान पठाइदिने आश्वासन दिएर ठगेको आरोपमा प्रहरीले एकजना मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका–२ का ५० वर्षीय डिल्लीराम खतिवडा रहेका छन् । उनी जेनुइन प्लेसमेन्ट प्राइभेट लिमिटेड मेनपारमा सञ्चालक हुन्। उनी हाल काठमाडौंस्थित धुम्बाराही बस्दै आएका थिए ।

प्रहरीका अनुसार उनले ढकराज आचार्यसहित १२ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिने आश्वासन दिएर प्रतिव्यक्ति आठ लाख रुपैयाँ उठाएका थिए। उनले जापान पुगेपछि प्रतिष्ठित कन्ट्रक्सनको काममा काम लगाइदिने र मासिक एकलाख ८० हजार तलब हुने आश्वासन दिएका थिए।

उनले पीडितहरूबाट पटकपटक गरी ४६ लाख रुपैयाँ उठाएको प्रहरीले जनाएको छ । रकम उठाएर सम्पर्कविहीन भएपछि पीडितहरूले वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए। थप थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ६ : १९ बजे