Logo

Breaking News 1

फिल्मको विकासमा सरकारले चासो राखेको छ : मन्त्री किराँती



काठमाडाैँ। फिल्म ‘बालापन’को प्रिमियर गरिएको छ । शनिवार चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा गरिएको प्रिमियरमा संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको समेत सहभागिता रहेको थियो ।

प्रिमियरपछि बोल्दै मन्त्री किराँतीले फिल्मले समाजका यथार्थ चित्रण गरेको बताए । उनले आर्थिक विकासका लागि फिल्म मेरुदण्ड रहेकाले फिल्मको विकासमा सरकारको चासो रहिरहेको बताए ।

निर्माता हट मिलन राईले फिल्म विशुद्ध समाजसेवा, दिन दुखी, असहाय, अनाथ बालबालिकाको सहयोगार्थ निर्माण गरिएको बताए । ‘हामी नेपालका विभिन्न जिल्लासँगै अमेरिका, क्यानडा, अस्ट्रेलिया, युके, हङकङ, युएईलगायतका देशहरूमा फिल्मको प्रिमियर गर्दैछौं’, उनले भने ।

शिव आर जीको निर्देशन रहेको फिल्ममा सबिन श्रेष्ठ, प्रियंका कार्की, धिरेन शाक्य, सोनी बिसी, सुनिल थापा, राजेन्द्रकुमार थापा, रेस फिरिरि, प्रभुराम कार्की, तिलबहादुर कार्की, हट मिलन राई र बाल कलाकारद्वय रितेश दुवाडी तथा आरोही कार्कीलगायतका कलाकारको अभिनय छ ।

एन्जिलेना फिल्मस् प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मका रामकृष्ण खरेलको छायांकन छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ४ : ४६ बजे