Logo

Breaking News 1

जलहरी प्रकरणमा सदस्य सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर



काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरी प्रकरणमा तीन जना विरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य–सचिव डा. प्रदिप ढकालसहित तीन जनाविरुद्ध आइतबार आरोपपत्र दायर गरेको हो ।

ढकालसहित कोषका तत्कालीन कोषाध्यक्ष तथा हालका सदस्य सचिव डा. मिलन कुमार थापा र अरुणकुमार श्रेष्ठविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध जलहरी लगाउने क्रममा एक किलो चारसय ९१ ग्राम ७१८ मिलीग्राम सुन हिनामिना गरेको अख्तियारको अनुसन्धनानले देखाएको छ । उनीहरुविरुद्ध जनही एक करोड १७ लाख १७८१ रुपैयाँ बिगो मागदावी गरिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ४ : ०६ बजे