Logo

मुख्य समाचार

धार्मिक द्वन्द्व देखिएको भन्दै गम्भीर बन्न प्रधानमन्त्रीलाई नेकपा एकीकृत समाजवादीको ध्यानाकर्षण



काठमाडौं । नेकपा एकीकृत समाजवादीले मुलुकमा धार्मिक–सांस्कृतिक द्वन्द्व देखापरेको भन्दै गम्भीर हुन सरकारलाई ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष माधवकुमार नेपालसहितको टोलीले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाउँदै देशमा आर्थिक संकटबाट उत्पन्न परिस्थितिका कारण धार्मिक–साँस्कृतिक द्वन्द्व देखापरेको भन्दै गम्भीर हुन आग्रह गरेको हो ।

‘देशमा देखिएका संकटको समाधानका लागि सरकारले गम्भीर कदम नचाल्ने हो भने परिस्थिति झन् खराब हुने एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझाएको पत्रमा उल्लेख गरेको छ ।

सरकारले भ्रष्टाचार र सुशासनका पक्षमा लिएका कदमको जनस्तरबाट समर्थन भए पनि आर्थिक क्षेत्रको समस्या समाधानमा भने सरकारको ध्यान नपुगेको एकीकृत समाजवादीले बताएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  १० : १९ बजे