काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तको मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विष्फोटमा परी कम्तीमा ५२ जनाको मृत्यु भएको छ । अन्य ५० जनाभन्दा बढी घाइते भएका छन् ।
इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिदनजिकै उक्त विस्फोट भएको हो । विष्फोटमा एकजना प्रहरी अधिकारीले पनि ज्यान गुमाएका छन् ।
पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको हो ।
प्रतिक्रिया