Logo

Breaking News 1

प्रधानमन्त्री प्रचण्ड छेन्दु पुगे  


१२ आश्विन २०८०, शुक्रबार  

69
Shares

छेन्दु। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको छेन्दु आइपुगेका छन् । तिब्बतको ल्हासाबाट आज बिहानको उडानबाट छेन्दु आइपुगेका हुन् ।

उनलाई छेन्दु सिचुआन प्रान्तका उपगभर्नर याङ सिङपिङ, विदेश मन्त्रालयको सिचुआन प्रान्तका निर्देशक चाङ ताओ र विदेश मन्त्रालयको एसियाली मामिलासम्बन्धी विभागका प्रमुखले स्वागत गरे । छेन्दुमा रहँदा उनले पाण्डा प्रजनन् केन्द्रको निरीक्षण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डले आज साँझ चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्नेकार्यक्रम छ । साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्ड र उनका भ्रमण दलका सदस्यहरू शनिबार छेन्दुबाटै काठमाडौँ फर्कने कार्यक्रम छ । उनी गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १ : २४ बजे