Logo

मुख्य समाचार

सिन्धुलीमा भ्यान दुर्घटना, १० जना घाइते


१२ आश्विन २०८०, शुक्रबार  

23
Shares

काठमाडाैं । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ३ बोहोरेटार नजिक भ्यान दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।

सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१ ज ००६२ नम्बरको इलेक्ट्रिक गाडी आज बिहान ७ः५० बजेतिर सडक किनारको नालीमा पल्टिएको थियो ।

घाइतेहरुलाई उपचारका लागि धुलिखेलतर्फ पठाइएको छ । चालक तेज बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १० : २८ बजे