Logo

मुख्य समाचार

हुम्लाबाट कैलाश पर्वत र मानसरोवर जान दिन चीन सहमत भएको प्रधानमन्त्री दाहालको दाबी


११ आश्विन २०८०, बिहिबार  

23
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हुम्लाबाट हिन्दुहरूको पवित्र तिर्थस्थल कैलाश पर्वत र मानसरोवर तालमा सजिलोसँग भ्रमण गर्न सक्ने व्यवस्था गर्ने दाबी गरेका छन् ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले बिहीबार कैलाश पर्वत र मानसरोवर ताल क्षेत्रको भ्रमण गरेपछि नेपाली, भारतीय र अन्य देशका पर्यटकहरूले समेत हुम्ला हुँदै कैलाश पर्वत र मानसरोवरसम्म भ्रमण गराउनको लागि चीन सरकारसँग सैद्धान्तिक सहमति भएको दाबी गरेका हुन् ।

प्रधानमन्त्री दाहालले सिमिकोटबाट कैलाश पर्वततर्फ आउने जाने बाटो निर्माणको काम छिटै शुरु गर्ने समेत बताएका छन् । नेपालको हुम्लाबाट यात्रा गर्दा हुम्ला सदरमुकाम सिमिकोटबाट १ सय ६० किलोमिटर र नेपाल चीन सीमानाबाट भने ७० किलोमिटर मात्रै कैलाश पर्वत रहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ९ : ११ बजे