Logo

Breaking News 1

राष्ट्रपति पौडेल इन्द्रजात्रामा सहभागी हुन हिँडेरै पुगे वसन्तपुर


११ आश्विन २०८०, बिहिबार  

46
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रामा सहभागी हुन हिँडेरै जात्रास्थल वसन्तपुरमा पुगेका छन् । जुद्ध शमशेरको शालिकदेखि उनी हिँड्दै वसन्तपुर पुगेका हुन् ।

जुद्ध शमशेरको शालिकबाट हनुमानढोका तिर सवारी साधन लैजान काठमाडौं महानगरले रोक पनि लगाएको छ । तर, धैरै भिडभाड हुने स्थानमा सवारीसाधन लैजाँदा नागरिकलाई सास्ती हुने भएकाले राष्ट्रपति पौडेल हिँडेर गएका राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

इन्द्रजात्रामा राष्ट्रप्रमुख हिँडेर सहभागी भएको यो पहिलोपटक हो ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ४ : ०२ बजे