Logo

समाचार

भीम सार्कीलाई फिनिक्स कलेजको छात्रवृत्ति


११ आश्विन २०८०, बिहिबार  

69
Shares

काठमाडौं। राष्ट्रिय क्रिकेट टिमका ब्याटर भीम सार्कीलाई फिनिक्स कलेज अफ म्यानेजमेन्टले स्नातक अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । भीमलाई बीबीए अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने कलेजले घाोषणा गरेको छ ।

कलेजका निर्देशक अविनाश अधिकारीले भीमलाई कलेजमा भर्ना दिन पाउँदा आफूहरु निकै गौरान्वित भएको बताएका छन् । एक दिवसीय क्रिकेटमा आफ्नो ब्याटिङबाट राम्रो छाप बनाएका भीमको खेल र समाज दुवै क्षेत्रमा योगदान रहेको भन्दै कलेजले उनको उपलब्धीमा सहकार्य गर्न तयार भएको बताएको छ । नेपालका लागि २०२२ यता राष्ट्रिय क्रिकेट टिमको महत्वपूर्ण खेलाडी रहि आएका भिमले नेपालका लागि १८ एकदिवसीय र २ टी-२० खेलेका छन् ।

यसअघि यस कलेजमा राष्ट्रिय क्रिकेट टिमका खेलाडी ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङले छात्रवृत्तीसहित पढाइ सकेका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ३ : २६ बजे