Logo

Breaking News 1

काठमाडौंका यी ठाउँमा आज सवारी साधन चलाउन नपाइने


११ आश्विन २०८०, बिहिबार  

69
Shares

काठमाडाैं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी मनाइने इन्द्रजात्राका दिन आज काठमाडौंका केही ठाउँमा सवारी–साधन सञ्चालनमा रोक लगाइएको छ ।

काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै काठमाडौंको बसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भएका कारण सवारी साधन प्रवेशमा रोक लगाइएको बताएको छ ।

आज (बिहीबार) वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारी साधन चलाउन रोक लगाइएको छ । महानगरपालिकाका अनुसार जात्रा अवधिभर विभिन्न क्षेत्रमा सवारी साधनको प्रवेशमा रोक लगाइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ७ : ११ बजे