काठमाडौं । अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच सहमति जुटेको छ ।
ई र महानगरपालिकाका बिचमा ४ बुँदे सहमति भएको हो । सहमतिको पहिलो बुँदामा, ८ दिनदेखि राष्ट्रियसभा गृहको मुल गेटमा उभिएर प्रदर्शन गरिरहेका अभियन्ता ईः र सहभागीका अन्यको स्वास्थ्य लाभको काम गर्दै प्रदर्शन स्थगित गर्ने विषय उल्लेख छ ।
दोस्रोमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरु महानगरको स्टोरमा भएसम्म यकिन गरेर सम्बन्धित धनीलाई फिर्ता गर्ने र
तेस्रो बुँदामा, अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउन सुझाव दिने गरी एउटा अध्ययन समिति बनाउने सहमति जुटेको छ ।
त्यसबाहेक चौथो नम्बरमा कानूनले निषेध गरेका स्थानबाहेक अन्य स्थानमा एक महिनाभित्र सडक व्यापारको व्यवस्था मिलाउने सहमति समेत जुटेको छ । सहमतिपछि अभियन्ता ई को प्रदर्शन स्थगित भएको छ ।
प्रतिक्रिया