काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।
बागमतीको अध्यक्षका लागि कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलास ढुंगेल, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।
उपाध्यक्षमा सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावा दोर्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उम्मेदवारी दर्ता भएको छ ।
सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहदुर पण्डित र डाक्टर रामकुमारी अधिकारीको उम्मेदवारी दर्ता भएको छ । खुला र महिला गरी दुई उपसचिवका लागि १२ जनाले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया