Logo

Breaking News 1

एमाले बागमती अधिवेशनको मतदान ४० वटा विद्युतीय मेसिनमा हुने



काठमाडौँ। नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतदान ४० वटा विद्युतीय मेसिनमा हुने भएको छ । एमाले बागमती प्रदेश अधिवेशनको मतदान पार्टी मुख्यालय च्यासलमा भोलि बिहीबार हुने भएको छ । मतदान बिहीबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए ।

यस्तै एमाले बागमती प्रदेशले मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । बिहान ८ बजे मतादाता नामावली प्रकाशन गर्ने भनिए पनि साढे १० बजेमात्रै मतदाता नामावली प्रकाशन गरिएको थियो । प्रदेश अधिवेशनका लागि ११ सय ६५ मतदाताको सूची टाँसिएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ४ : ११ बजे