Logo

Breaking News 1

स्वास्थ्यकर्मीमाथि लगातार कुटपिट : सडकमा निस्किएर मागे गृह र स्वास्थ्य मन्त्रीको राजीनामा



काठमाडौं। ‘गृह मन्त्री राजीनामा दे’, ‘स्वास्थ्य मन्त्री राजीनामा दे’ ‘दोषीमाथि राजनीतिक संरक्षण बन्द गर’, ‘स्वास्थ्य क्षेत्रमा राजनीति बन्द गर’, ‘विदेश पलायन हुन बाध्य नपार’, ‘हजुरको आसु हामीले हर्ने हो हाम्रो आसु कसले हेर्ने हो’, ‘तपाईंलाई विदेशी महंगा अस्पताल होला आम जनतालाई हामी नै हो’, ‘स्वास्थ्यकर्मी कुट्न पाइँदैन’, ‘कामेको हातले उपचार सम्भव छैन’, ‘सेतो कोट रातो भए समाज नै कालो हुन्छ ।’

यी नारा कुनै कलेजका विद्यार्थीले लगाएका होइनन् । यी त आफ्नो सुरक्षाको माग गर्दै सडकमा निस्किएका चिकित्सकले माइतीघरमा उभिएर लगाएका नारा हुन् ।

अस्पतालमा पुगेर बिरामी परीक्षण गर्नुपर्ने समयमा चिकित्सकहरु बुधबार पनि सडकमा उत्रिएर यसैगरी नारा लगाए । माइतीघरमा नारा लगाएर उनीहरु नेपाल मेडिकल एशोसियसनका कार्यालयमा ताला लगाउन जाने कार्यक्रम उनीहरुले तय गरेका थिए ।

काठमाडौं । ‘गृह मन्त्री राजीनामा दे’, ‘स्वास्थ्य मन्त्री राजीनामा दे’ ‘दोषीमाथि राजनीतिक संरक्षण बन्द गर’, ‘स्वास्थ्य क्षेत्रमा राजनीति बन्द गर’, ‘विदेश पलायन हुन बाध्य नपार’, ‘हजुरको आसु हामीले हर्ने हो हाम्रो आसु कसले हेर्ने हो’, ‘तपाईंलाई विदेशी महंगा अस्पताल होला आम जनतालाई हामी नै हो’, ‘स्वास्थ्यकर्मी कुट्न पाइँदैन’, ‘कामेको हातले उपचार सम्भव छैन’, ‘सेतो कोट रातो भए समाज नै कालो हुन्छ ।’

यी नारा कुनै कलेजका विद्यार्थीले लगाएका होइनन् । यी त आफ्नो सुरक्षाको माग गर्दै सडकमा निस्किएका चिकित्सकले माइतीघरमा उभिएर लगाएका नारा हुन् ।

अस्पतालमा पुगेर बिरामी परीक्षण गर्नुपर्ने समयमा चिकित्सकहरु बुधबार पनि सडकमा उत्रिएर यसैगरी नारा लगाए । माइतीघरमा नारा लगाएर उनीहरु नेपाल मेडिकल एशोसियसनका कार्यालयमा ताला लगाउन जाने कार्यक्रम उनीहरुले तय गरेका थिए । तर वार्ताको आश्वासन पाएपछि उनीहरु पछि हटे ।

आफुहरुमाथि पटक पटक आक्रमण हुँदा पनि सरकारले सुरक्षा प्रदान गर्न नसकेको भन्दै उनीहरुले गृह मन्त्री र स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै सडकमा उत्रिनुपरेको बताएका छन् ।

उनीहरुले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्ब कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।

आफ्नो ज्ञान विवेक प्रयोग गरेको उपचार गर्दा पनि चिकित्सकमाथि लगातार आक्रमण भएको र सुरक्षाको प्रत्याभूति नभएकाले बाध्य भएर उपचार सेवा छाडेर आन्दोलनमा आउनुपरेको उनीहरुको भनाइ छ ।

“हामीले चाँडोभन्दा चाँडो सरकारले वार्तामा बोलाओस् भन्ने चाहन्छौँ,” राष्ट्रिय आवासीय चिकित्सक संघका अध्यक्ष डा. सन्दीप उखडले भने ।

सरकारले वार्ताको तयारी गरेकाले पनि आफूहरु तालाबन्दीमा नपुगेको एक चिकित्सकले बताएका छन् ।

“अहिले चिकित्सकले पिटाइ खाएर उपचार गर्नुपरेको छ । न्यायको लागि हामी सडकमा उत्रिएका हौँ,” उनले भने, “ चिकित्सक कुट्दैमा समस्याको समाधान हुँदैन । लापरवाही भएको रहेछ भने कारवाही गर्ने निकाय नै छन् । हामी चिकित्सकले ज्ञान र सिप प्रयोग गर्ने हो । लापरवाहीको अर्थ के हो ?”

आन्दोलनमा उत्रिएका चिकित्सकहरुले आफूहरुलाई कुटेर पैसाको बार्गेनिङ गर्ने समूह बढेकाले अहिले समस्या भएको बताए ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  २ : २८ बजे